गृहपृष्ठ जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु
जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृह प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित समय : १०:०९ बजे




















