global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्र कोरोना बिमाको पैसा दिइने

अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्र कोरोना बिमाको पैसा दिइने

अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्र कोरोना बिमाको पैसा दिइने

कम्पनीहरुले भुक्तानी रोकेको डेढ वर्षपछि सरकारले त्यसमा आफ्नो पनि दायित्व रहेको स्विकारेर १ अर्ब रूपैयाँ भुक्तानी दिने निर्णय गरिसकेको छ ।

कोरोना बिमा भुक्तानीका लागि भन्दै सरकारले एक अर्ब रुपैयाँ निकासा गरे पनि बिमितले तत्कालै रकम नपाउने भएका छन् । बिमितलाई भुक्तानी गर्न बाँकी रकमको तुलनामा सरकारले निकासा गरिदिएको रकम निकै कम भएकाले त्यससम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्र रकम वितरण गरिने बिमा समितिले जनाएको छ ।

धेरै रकम सर्वसाधारणलाई तिर्नुपर्ने भएको तर थोरै रकम मात्र प्राप्त भएकाले के कसरी वितरण गर्ने ? बाँकी रकमको अवस्था के हुने भन्नेलगायत विषयमा अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्र निर्णय लिइने उनको भनाइ छ ।

बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी रोकेको करिब डेढ वर्षपछि सरकारले त्यसमा आफ्नो पनि दायित्व रहेको स्विकारेर १ अर्ब रुपैयाँ भुक्तानी दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा गत साता बिमालाई रकम निकासा पनि गरेको छ । यसअघि बिमा समितिमार्फत कम्पनीहरूले पटकपटक सरकारसँग पैसा मागे पनि पाएका थिएनन् ।

यसरी सरकारले रकम नदिएको भन्दै बिमा कम्पनीले करिब सवा १ लाख जना बिमितको भुक्तानी रोकेका छन् । तिनलाई कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यो रकम सबै सरकारको दायित्वअन्तर्गतको हो ।

०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच भएको सहमतिअनुसार कुल दाबीमध्ये १ अर्ब रुपैयाँसम्मको बिमा कम्पनीहरूले नै भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु