गृहपृष्ठ सन्दीप लामिछानेको बयान अदालत खुलेपछि

सन्दीप लामिछानेको बयान अदालत खुलेपछि

सन्दीप लामिछानेको बयान अदालत खुलेपछि

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग अदालत खुलेपछि मात्र बयान हुने भएको छ । प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरेका थिए ।

पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्नेछ । त्यसपछि लामिछानेलाई अदालत उपस्थित गराइनेछ । पक्राउलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु