global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धनको निर्णायक बैठक बस्दै, सहमति गरि आजै हस्ताक्षर

गठबन्धनको निर्णायक बैठक बस्दै, सहमति गरि आजै हस्ताक्षर

गठबन्धनको निर्णायक बैठक बस्दै, सहमति गरि आजै हस्ताक्षर

सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ ।

आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ । हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज सहमति गर्ने गरि हिजोको बैठक सकिएको थियो । आज हस्ताक्षर नै गर्ने गरि हिजोको बैठक सकिएको एक नेताले बताए ।

गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आजै सहमति गरि हस्ताक्षर हुन सक्ने बताइन् ।

केही स्थानमा अझै पनि दुई पक्षीय र त्रिपक्षीय दाबी रहेको छ । त्यस्ता क्षेत्रमा जुन जुन पार्टीको दाबी छ त्यो दलको शीर्ष नेताले टुङ्गाउने कुरा भएको गठबन्धनका नेताहरू बताउँछन् ।

सिट बाँडफाँडमा अहिले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी केही रुष्ट छन् । हिजो अबेर सम्म कांग्रेस र जसपा छलफलमा बसिरहेका थिए । अहिले सम्म नेपाली कांग्रेसले ८५ माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, ,जसपाको १३ र जनमोर्चाले २ क्षेत्र पाउनेमा छलफल भइरहेको छ ।

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु