काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेश

16.93K
shares

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर चौधरी लगायतका एमाले नेता र कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।

माओवादी केन्द्रका अनुसार चौधरीसहित १० नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

यसपालीकाे निर्वाचनमा एमालेले टिकट नदिएपछि चाैधरी असन्तुष्ट बनेका थिए । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा टिकट पाउने गरि चाैधरी प्रवेश गरेकाे खुमलटार स्राेतले बताएकाे छ ।