global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीप लामिछानेले भने– असोज २० गते नेपाल फर्किन्छु

सन्दीप लामिछानेले भने– असोज २० गते नेपाल फर्किन्छु

सन्दीप लामिछानेले भने– असोज २० गते नेपाल फर्किन्छु

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् ।

न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले आफू निर्दोष सावित हुने दाबीसमेत गरेका छन् । आफू अश्वाभाविक अवस्थाबाट गुज्रिएको भएपनि अहिले ‘निको’ भएको सन्दीपको भनाइ छ ।

उनले समयक्रममा आफूविरुद्ध लगाइएका गलत आरोपहरु पर्दाफास हुने बताएका छन् । यसअघि पनि लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको र केही दिनमै नेपाल फर्किने बताएका थिए ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनी नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका थिए ।

त्यसयता सन्दीप लामो समयसम्म सम्पर्कमा नआएपछि पक्राउका लागि नेपाल प्रहरीले इन्टरपोलको प्रक्रिया अघि बढाएको छ । तर सन्दीपले योसहित तेस्रोपटक आफु नेपाल फर्किन थालेको सन्देश पठाइसकेका छन् । यद्यपी उनी नेपाल फर्किएर आरोपको सामना गर्नुको साटो विदेशमै वकिल बोलाएर परामर्श गरिरहेका छन् ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु