nmb bank

गृहपृष्ठ जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले तीन नयाँ सोरुमको उद्घाटन गरेको छ। घटस्थापनाको अवसर पारेर तीन सोरुमको उद्घाटन गरेको हो ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रालि उद्घाटन गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यतामा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज र जिल्ला उद्योग वाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यतामा दाङको घोराहीमा नेबेल ट्रेडिङ उद्घाटन गरिएको हो ।

जगदम्बा मोटर्स दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीलेनेपालभर १४० भन्दा बढी डिलरहरूलाई वितरण गर्दै आएको छ ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु