काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमालेकाे संशोधित समानुपातिक सूची भोलि बुझाइने, अन्तिम काँटछाटको जिम्मा ओलीलाई

10.16K
shares

नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको बन्दसूची हेरफेर गर्ने भएको छ । नेताहरुसँग छलफल गरि हेरफेर  गरेकाे संशोधित बन्दसूची भोलि बुझाउने भएको हो ।

बिहीबार राति मध्यरातसम्म बसेको बैठकले केही बन्दसूची हेरफेर गरी भोलि बुझाउने तयारी भएको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बन्दसूची थपघटको जिम्मा पार्टी  अध्यक्ष केपी शर्मा ओलीलाई दिएकाे  छ ।

उनले भने, ‘समानुपातिकको लगभग लगभग टुंगो लागिसक्यो । अस्तिन हामीले जे लिस्ट तयार पारेको थियौं । वा प्रस्ताव गरेको थियौं त्यसमा अध्यक्ष ज्यूलाई आवश्यक थप घट गर्न सक्ने अधिकार प्रत्यायोजन गरेका छौं । त्यस्तो परिस्थिति पर्यो भने बरियाताक्रम पनि तोक्नुपर्छ नि यो सबै तोकेर अन्तिम निर्णय गरेर निर्वाचन विभाग मार्फत निर्वाचन आयोगमा प्रस्तुत गर्ने काम चाहिँ केन्द्रिय हेडक्वार्टरले गर्छ । त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौं ।’