गृहपृष्ठ तीन जिल्लाबाहेक सिट बाँडफाँडमा सहमति, माधव नेपालको असहमति
तीन जिल्लाबाहेक सिट बाँडफाँडमा सहमति, माधव नेपालको असहमति
फाइल तस्बिर ।
सत्तारूढ दलबीच आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाडफाँड लगभग टुंगिएकाे छ । तीन जिल्लाबाहेक सबै क्षेत्रकाे बाँडफाँड टुंगिएको एक नेताले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले ८४ सिट, माओवादीले ४४ सिट र नेकपा एसले १६ सिट पाउने माेटामाेटी सहमति छ । यद्यपि नेकपा एस १६ सिटमा सन्तुष्ट नभएकाे बुझिएकाे छ ।
साे पार्टीका अध्यक्ष माधवकुमार नेपाल वैठक नसकिई उठेर हिँडेका थिए । सप्तरी, कास्की र सल्यानका बिषयमा कुरा मिलेको छैन ।
प्रकाशित समय : ०७:२९ बजे


















