गृहपृष्ठ पोखरामा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न
पोखरामा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न
टीभिएस मोटर कम्पनीको नेपालको लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत असोज ८ गते शनिबार पोखराबाट निर्मलपोखरी स्थित एलिट रिसोर्टसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरुबीच विभिन्न गेम पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।
करिब ४० जना राइडर सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
प्रकाशित समय : १०:१६ बजे



















