गृहपृष्ठ थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त
थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा ७६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । चार हजार ६९ वटा नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ३७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १८:१४ बजे



















