गृहपृष्ठ कपनमा आगलागी

कपनमा आगलागी

कपनमा आगलागी

काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ । कपनको राममन्दिरनजिक रहेको एक साढे तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी अझै नियन्त्रणमा ल्याउन नसकिएकाे प्रहरीले जनाएकाे छ । ‘अझै नियन्त्रणमा आएको छैन । आगो एकदम ठूलो छ । साढे तीन तले घरमा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेकाे छ,’ एक प्रहरी अधिकृतले भने ।

प्रहरीका अनुसार आगो निभाउनका लागि काठमाडौं, ललितपुर, भक्तपुर र एयरपोर्टको दमकल बोलाइएको छ ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु