कपनमा आगलागी
वि.सं.२०७९ असोज ५ बुधवार २०:१६
shares

काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ । कपनको राममन्दिरनजिक रहेको एक साढे तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी अझै नियन्त्रणमा ल्याउन नसकिएकाे प्रहरीले जनाएकाे छ । ‘अझै नियन्त्रणमा आएको छैन । आगो एकदम ठूलो छ । साढे तीन तले घरमा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेकाे छ,’ एक प्रहरी अधिकृतले भने ।
प्रहरीका अनुसार आगो निभाउनका लागि काठमाडौं, ललितपुर, भक्तपुर र एयरपोर्टको दमकल बोलाइएको छ ।
























