गृहपृष्ठ नाडा अटो ईभी प्रदर्शनीमा महिन्द्राले तीनपांग्रे ट्रियो झोर राख्ने
नाडा अटो ईभी प्रदर्शनीमा महिन्द्राले तीनपांग्रे ट्रियो झोर राख्ने
अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले यस पटकको ईभी नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर राख्ने भएको छ ।
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक कम्पनीले पछिल्लो उत्पादन नेपाली बजारमा ल्याएको हो । ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–ह्विलर पिकअप हो । जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको छ ।
महिन्द्रा ट्रियो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ । प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न ३ भेरियन्टमा उपलब्ध छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम-आयन प्रविधिजस्ता हाइलाइटहरूका साथ, ट्रीयो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको छ ।
यस पटकको नाडा ईभी अटो एक्सपो २०२२ मा अग्नि इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पांग्रे ट्रीयो ई-रिक्सा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउनेछन् ।
नेपालको ठूला चाडपर्वहरू विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारीसाधनहरुमा स्क्र्याच कार्डमार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेकोे जानकारी कम्पनीले गराएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पांग्रे ट्रीयो ई-रिक्सा, ट्रियो अटो र पिकअप खरिद गर्नेका लागि असोज एक २०७९ देखि १५ कात्तिक २०७९ सम्म लागू हुनेछ ।
कम्पनीले भारतमा लोकप्रिय नयाँ इलेक्ट्रिक थ्री-ह्विलर पिकअप गाडीले नेपाली बजारमा निकै राम्रो बजार विस्तार गर्ने आशा गरेको छ । कम्पनीले भनको छ, ‘यसले नाडा इ.भि अटो एक्सपो २०२२ मा सबैको ध्यान खिच्ने हामीले अपेक्षा गरेका छौँ ।’
प्रकाशित समय : १८:५७ बजे




















