मुक्तिनाथ बैंकमा एक लाख रुपैयाँ बचत गर्दा १ करोडको बिमा सुविधा
वि.सं.२०७९ असोज २ आइतवार १३:१७
shares

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको लागि मुक्तिनाथ आशिर्वाद बचत खाता ल्याएको छ । बैंकको अनुसार यस बचत खातामा नेपालमै पहिलोपटक सबैभन्दा धेरै एक करोड १ लाखसम्मको बिमा सुविधा रहेको छ ।
मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटेगाेरीमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बिमा सुविधा पाउने बैंकले जानकारी दिएको छ । यसका साथै उनीहरुले विभिन्न १५ वटा बैंकिङ सेवामा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटेगाेरीमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्नाे लागि २१ लाख र परिवारको ४ जना सदस्यको लागि ८० लाख गरी कुल एक करोड १ लाखसम्मको बिमा सुविधा पाउनेछन् । उनीहरुले पनि विभिन्न १५ वटा बैंकिङ सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।
बिमा सुविधाअन्तर्गत आवधिक बिमा, दुर्घटना बिमा र १८ वटा घातक रोगको बिमा हुने बैंकले जानकारी दिएको छ । यस खातामा बैंकले वार्षिक १० प्रतिशत ब्याजदर दिने बताएको छ ।
यसका साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

























