गृहपृष्ठ प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य
प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सोसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराएका हुन् । ‘माननीय सदस्यहरू प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वत: अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ उनले भने ।
नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित समय : १९:०१ बजे



















