आइएमई पे र हिमाल डेन्टलबीच फ्ल्याटसम्बन्धी सम्झौता
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १७:५१
shares

आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।
सम्झौताअनुसार दसैँ–तिहारको अवसरमा सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टल हस्पिटलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन् ।
हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताले आइएमई पेको ४६ दिने ‘डिजिटल दसैँ-तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक-अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

























