गृहपृष्ठ महिला साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै
महिला साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुने खेलमा नेपालले साविक विजेता भारतको सामना गर्नेछ ।
नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएकाे थियाे ।
समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो । भारतले समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो ।
यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल आजै दिउँसो १ बजेबाट सुरु हुनेछ ।
प्रकाशित समय : ०८:३८ बजे



















