काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढी प्रभावितका लागि कैलालीमा सहयोग जुट्दै

1.37K
shares

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।

अस्पतालमा कार्यरत कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यको कम्तीमा एक दिन बराबरको तलबरसुविधाबाट सङ्कलित रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरिएको अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।

उनले अस्पतालले हरेक वर्ष मनाउँदै आएको हरितालिका तीजको कार्यक्रम स्थगित गरेको र सो कार्यक्रमका लागि छुट्याइएको रकमसमेत बाढी प्रभावित नागरिकलाई सहयोग गरिएको बताए। यसअघि धनगढीस्थित माया मेट्रो अस्पतालले पनि तीन लाख ११ हजार १११ आर्थिक सहयोग गरेको जनाएको छ ।

यस्तै, धनगढीस्थित नवजीवन अस्पताले दुई लाख २२ हजार २२२ सहयोग गरेको छ ।

अस्पतालले बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोगस्वरुप उक्त रकम जम्मा गरेको अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतले जानकारी दिए । चैतन्य पाठशालाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ११ हजार १११ बराबरको सहयोग उपलब्ध गराएको अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।

त्यस्तै, माया मेट्रो अस्पतालले तीन लाख ११ हजार १११ बराबरको सहयोग गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए ।