गृहपृष्ठ क्लासिक टेकको ‘फेस्टिभल अफर’ सार्वजनिक
क्लासिक टेकको ‘फेस्टिभल अफर’ सार्वजनिक

देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीको महान चाड दसैँको मौका पारेर ‘फेस्टिभल अफर’ ल्याएको छ ।
यो अफर निम्न वर्गलाई लक्षित गरेर १०० एमबिपिएस इन्टरनेट प्याकेजको मासिक ७ सय ४१ मा प्रदान गरिएको छ । र आइपीटीभी मासिक १ सय ५० पर्नेछ । साथै, भिडीयोकोनको ३२ र ४३ को स्मार्ट टीभी पाउनेछन् ।
स्मार्ट टीभी भिडीयोकोनको बिशेषता फ्रेमलेस डिजाइन, १८० डिग्री भीवीङ एंगल, १ जीवी र्याम र ८ जीभी रोम साथै १ बर्षको वारेन्टि रहेको छ । यस बाहेक एचडीएमआई, वाइफाई/इन्टरनेट, युएसवीका लागि ३ वटा पोर्ट हुनेछन् र एन्ड्रोइड भर्जन ९.0 रहनेछ भने २०w को स्पिकर र टेबल स्ट्यान्ड र वाल माउन्ट पनि पाउनेछन् ।
डिसप्ले (१९२०*१०८०) प्यानल रेटीङ डिएलइडी A+प्यानल डट फ्री रहेको छ । ३२ एलइडी टीभीको मूल्य १३ हजार २ सय ७३ रुपैयाँ पर्नेछ भने ४३ स्मार्ट टीभीको मूल्य २५ हजार ६ सय ६३ रुपैयाँ पर्नेछ । ग्राहकले बजारको मूल्यभन्दा ५० प्रतिशतसम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने क्लासिक टेकले जनाएको छ ।
प्रकाशित समय : १६:४१ बजे