काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

केपी ओलीले सुरु गरे चुनावी अभियान

9.09K
shares

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी अभियान थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत् चुनावको अभियान थालेका हुन् ।

आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउने एक साताअघि सोमबार ओलीले आफ्नो पार्टी सरकारमा गएपछि गर्ने कामको तालिका बनाइरहेको बताएका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउने कृषि क्षेत्रको विकासका लागि सुझाव मागेको बताएका छन् ।

साथै उनले अन्य विविध क्षेत्रको लागि पनि सुझाव माग्ने र सुझाव पाउने अपेक्षा गरेको बताएका ओलीले एमाले सरकारमा गएपछि गर्ने कामको मसिनोगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्ने तयारी गरेको उल्लेख गरेका छन् । यसका लागि आवश्यक सुझाव र साथको अपेक्षा गरेको ओलीको भनाई छ ।