गृहपृष्ठ महिला साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकाविरूद्ध खेल्दै
महिला साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकाविरूद्ध खेल्दै
घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ ।
समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ । सेमिफाइनलमा पुग्न श्रीलंकालाई फराकिलो जितको आवश्यकता रहेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो ।
यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । १ खेलमा अंकविहीन श्रीलंका समूहको पुछारमा रहेको छ । यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।
समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
प्रकाशित समय : ०९:२४ बजे



















