global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै फाइल तस्बिर ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । सिट फाँडफाँटको टुंगो लगाउन आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो ।

बैठक आज बिहानकै लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताए । सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदलले ठोस सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटिरहेका छन् ।

प्रकाशित समय : ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु