गृहपृष्ठ नोकिया जी११ प्लस सार्वजनिक
नोकिया जी११ प्लस सार्वजनिक
नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार जी–सिरिजको सफलतासँगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।
एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइश भन्छन्, ‘प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन् । नयाँ नोकिया जी११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ । हामी हाम्रो गुणस्तरीय निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं ।’
इण्डस्ट्री-लिडिङ अपडेटहरू
कम्पनीका अनुसार अरु स्मार्टफोनहरु भन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरू भएको नोकिया जी११ प्लसले प्रयोगकर्ताको अनलाइन गतिविधिहरू हरदम सुरक्षित छन् भन्ने सुनिश्चित गर्दछ । यसमा फिंगरप्रिन्ट र फेस अनलक दुवै समर्थित गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ ।
यसमा प्रयोगकर्ताहरुको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुविधाहरु लिन सक्नेछन् । नोकिया जी११ प्लसको साथमा आएको दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ नयाँ एन्ड्रोइड संस्करणले ल्याउने नयाँ सुविधाहरू र नवीनताहरू पुन सकिनेछ ।
सुलभ मूल्यमा प्रिमियम डिजाइन
नोकिया जी११ प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ जसले प्रयोगकर्तालाई पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ । नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले तपाईंलाई आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिस्चित गर्दछ । पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध यो फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन हुन्छ ।
उत्कृष्ट फोटोग्राफीको लागि उत्कृष्ट क्यामेरा
यसमा रहेको एआई टेक्नोलजीद्वारा सहयोग गरिएको ५०एमपी क्यामेराले प्रयोगकर्तालाई यादगार पलहरु कम प्रकाशमा पनि सहज रूपमा खिच्न मद्दत गर्दछ । जी–सिरिजमा रहेको ९० एचजेड पावरको साथ तस्बिरहरु प्रस्ट देखिनुको साथै ६.५ इन्च एचडी डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट तस्बिरहरू सुनिश्चित गर्दछ ।
मूल्य र उपलब्धता
३-६४ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य १९ हजार ४९९ रूपैयाँ रहेको छ । निलो रंगमा उपलब्ध नोकिया जी११ प्लस नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : ०८:५० बजे



















