global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरिएको हो ।

यसैबीच सुनकोशी गाउँपालिका र एक-एक पाइला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित ‘एक-एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम’ एक समारोहका बीचमा सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक-एक पाइला फाउन्डेसनका अध्यक्ष डा. सुमनशम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरेवापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

प्रकाशित समय : ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु