global ime bank Long Banner Ad

गृहपृष्ठ चिनियाँ सभामुख ली चान्सु आज नेपाल आउँदै

चिनियाँ सभामुख ली चान्सु आज नेपाल आउँदै

चिनियाँ सभामुख ली चान्सु आज नेपाल आउँदै

चिनियाँ संसदका सभामुख एवं स्थायी समितिका अध्यक्ष ली चान्सु तीन दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

उनी नेतृत्वको टोली रुस, मंगाेलिया हुँदै दिउँसो नेपाल आउन लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउन लागेका हुन् । भदौ २९ गतेसम्म नेपालमा रहने उनले भाेलि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् ।

यस्तै, लीले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ ।

चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता नेपाल नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको यो भ्रमणलाई नियमित र दुई देशको सम्बन्ध तथा सहकार्य बिस्तारका लागि रहेको बताइए पनि यसको भित्री उद्देश्य नेपालमा चीनको भू-राजनीतिक चासो रहेको परराष्ट्रविद्हरुले बताउँछन् ।

उनीभन्दा अघि गत असारमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ झियान्छाओ र गत चैतमा विदेशमन्त्री वाङ यी नेपाल आएका थिए । तर झान्सु भ्रमण प्रतिनिधिमण्डल र चीनले दिएको महत्त्वका हिसाबले २०७६ असोजमा भएको राष्ट्रपति सी जिनपिङ सरहको हुने जनाइएको छ ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु