global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डसँग गृहमन्त्री खाण र कानुनमन्त्री कोइरालाकाे भेटवार्ता

प्रचण्डसँग गृहमन्त्री खाण र कानुनमन्त्री कोइरालाकाे भेटवार्ता

प्रचण्डसँग गृहमन्त्री खाण र कानुनमन्त्री कोइरालाकाे भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

मन्त्रीद्वयले आज बिहान प्रचण्डलाई भेटेका हुन् । प्रचण्ड निवास खुमलटार पुगेर उनीहरुले समसामयिक विषयमा कुराकानी गरेका बताइएको छ ।

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्रीले अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् ।

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु