गृहपृष्ठ एसिया कप फाइनल : टस जितेर बलिङ गर्दै पाकिस्तान
एसिया कप फाइनल : टस जितेर बलिङ गर्दै पाकिस्तान
एसिया कप टी-२० क्रिकेटको फाइनलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका र २ पटकको च्याम्पियन पाकिस्तान दुवै उपाधि जित्ने लक्ष्यमा छन् ।
एसिया कपमा भने दुई टिम चौंथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पछिल्लो पटक २०१४ मा भएको फाइनलमा श्रीलंकाले जित हासिल गरेको थियो ।
एसियाको सर्वाधिक ठूलो प्रतियोगितामा १६ दिनमा ६ टिमले कुल १३ खेलमा प्रतिस्पर्धा गरेका थिए । समूह चरणको अन्तिम खेलमा एक-अर्काविरुद्ध भिड्दा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको थियो ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीच अहिलेसम्म कुल २२ भिडन्त भएको छ । जसमा पाकिस्तानले १३ खेलमा जित निकाल्दा श्रीलंकाले ९ खेलमा जित हासिल गरेको छ ।
दुवै टिमले सन् २००० र १९८६ मा फाइनलमा स्थान बनाएका थिए । फाइनल जित्ने अर्थमा श्रीलंका अगाडि रहेको छ । श्रीलंकाले १९८६ र २०१४ को फाइनल जित्दा पाकिस्तानले २००० मा भएको प्रतियोगितामा जित आत्मसाथ गरेको थियो ।
प्रकाशित समय : २०:४२ बजे


















