काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ऐश्वर्या बनिन् ‘मिस ग्रान्ड नेपाल २०२२’

10.65K
shares

मिस ग्रान्ड नेपाल २०२२ को विजेता ऐश्वर्या श्रेष्ठ भएकी छन् । शनिबार काठमाडौँमा आयोजित मिस ग्रान्ड प्रतियोगितामा श्रेष्ठले मिस ग्रान्डको ताज पहिरेकी हुन् ।

फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप रक्षा उप्रेती भएका छन् । त्यसैगरी, बेस्ट स्वीमसुटमा बर्षा भण्डारी, मिस पपुलर तन्नु शाक्य, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस पर्सनालीटीमा बर्षा भण्डारी, मिस कन्जेनेलिटी सुदेश्ना महर्जना र मिस कन्फिडेन्समा सामना कार्कीले उपाधि हासिल गरेकी छन् ।

प्रतियोगितामा सहभागीहरूको कोरियाग्राफर सुजित बस्याल थिए । मिस ग्राण्डमा विजेता श्रेष्ठले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी हुने पाउने छिन् । त्यसैगरी पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्परसमेत पाउने छिन् ।

प्रतियोगितामा निर्णायक जजको रुपमा अभिनेता अनुपविक्रम शाही, र्‍यापर आशिष राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) रहेका थिए ।

बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना भएको हो । पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यस पटकको ‘मिस ग्रान्ड नेपाल २०२२’ हिंसा र युद्ध रोकौँ भन्ने मूल नारासहित हुने मिस ग्राण्ड प्रतियोगिता भएको हो । सन् २०१३ देखि हुँदै आएको मिस ग्रान्ड नेपालको यस पटक दशौँ संस्करण सम्पन्न भएको हो ।

प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरेको थियो ।