global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ’ सुरु

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ’ सुरु

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ’ सुरु

कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवाअन्तगर्त ‘वे टु लिस्टिङ’ नामको नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ ।

यसका साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजार (NEPSE) मा सूचीकरण गराउने लगायतका सम्पूर्ण सेवा प्रदान गर्नेछ । क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने धितोपत्र बोर्डको नीतिलाई समेत सहयोग पुर्‍याउने अपेक्षा लिइएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत गर्ने कार्यहरु :

  • व्यवसायिक तथा वित्तीय योजनाको तयारी
  • वित्तीय तथा संगठनात्मक पुनर्संरचना
  • वित्तीय श्रोत जुटाउन सहयोग
  • कम्पनी मूल्यांकन, तथा परियोजना मूल्यांकन
  • प्रबन्धपत्र तथा नियमावली संशोधन
  • आन्तरिक नियन्त्रण प्रणालीको विकास तथा प्रभावकारिता मूल्यांकन
  • व्यवस्थापकीय परामर्श
  • Due Diligence

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु