global ime bank Long Banner Ad

गृहपृष्ठ ‘१०० सिट नपाए विद्रोह हुनसक्छ’

‘१०० सिट नपाए विद्रोह हुनसक्छ’

‘१०० सिट नपाए विद्रोह हुनसक्छ’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न निर्वाचनका लागि पार्टीले गठबन्धन गर्ने भनिए पनि चार दलसँग कांग्रेसको केही नमिल्ने बताएका छन् । उनले गठबन्धन पवित्र वा अपवित्र भन्ने चुनावपछि मात्र थाहा हुने बताए ।

बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले गर्न लागेको गठबन्धन ‘विचित्र’ भएको धारणा राखे । सरकार बनाउन मात्र गठबन्धन गरिए त्यसले दीर्घकालमा सबैलाई समस्या पार्ने उनकाे भनाइ छ । ‘यो पवित्र हो कि अपवित्र गठबन्धन हो, आजै भन्न सक्ने अवस्था छैन । अहिले तपाईंहरूले सोध्नुभयो भने पनि म भन्न सक्दिनँ । तर, गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार कांग्रेससँग मिल्दैन,’ उनले भने ।

उनले कांग्रेसले बहुमत ल्याउन कम्तीमा १०० सिटमा चुनाव लड्नुपर्ने बताए । त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह सुरु हुने उनले चेतावनी दिए ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु