global ime bank Long Banner Ad

गृहपृष्ठ विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला फाइल फोटो

सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौंमा चार जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका–७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । मोरङको रंगेली नगरपालिका–१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको नागार्जुन नगरपालिका–३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु