गृहपृष्ठ कांग्रेसले सय सिट लिन पहल गर्नुपर्छ : नेता कोइराला
कांग्रेसले सय सिट लिन पहल गर्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् ।
बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए ।
नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँड भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँडमा कुराकानी हुने बताए ।
प्रकाशित समय : १९:४६ बजे


















