गृहपृष्ठ बाँडफाँड टुंग्याउने गरि फेरि कार्यदलको बैठक बस्दै
बाँडफाँड टुंग्याउने गरि फेरि कार्यदलको बैठक बस्दै
सिट बाँडफाँडका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आजपनि बस्ने भएको छ ।
मंगलबार बेलुकी सिट बाँडफाँडबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन । त्यसलाई टुंगोमा पु¥याउने गरि बैठक बस्ने थालेको हो ।
१६५ निर्वाचन क्षेत्र कहाँ को बलियो छ भन्ने मतसहित क्षेत्र/क्षेत्र गरी छलफल र विश्लेषण भएका थियो ।
कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही विषय टुंग्याउन बाँकी रहेकोले बुधबार पनि छलफल गरिने बताएका थिए । उनकाअनुसार बुधबार कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई दिने तयारी गरेको छ ।
सिट बाँडफाँडबारे सहमतिनजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाइने उनले बताए ।
दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँडको खाका बनाइएको उनको भनाइ थियो ।
कार्यदलको बैठक आज अपरान्ह साँझ ५ बजे बालुवाटारमा फेरि बस्दैछ ।
प्रकाशित समय : ०९:२९ बजे



















