गृहपृष्ठ वसन्तपुरमा य:सिं ठड्याइयो, इन्द्रजात्रा सुरु
वसन्तपुरमा य:सिं ठड्याइयो, इन्द्रजात्रा सुरु
काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात य:सिं ठड्याएपछि जात्रा सुरु भएको हो ।
आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन सुरु हुने गरेको छ । बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।
इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।
हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।
प्रकाशित समय : ०९:१३ बजे



















