nmb bank

गृहपृष्ठ महेश बस्नेतसँग भिड्न माओवादीले वाईसीएल इञ्चार्ज पठायो

महेश बस्नेतसँग भिड्न माओवादीले वाईसीएल इञ्चार्ज पठायो

महेश बस्नेतसँग भिड्न माओवादीले वाईसीएल इञ्चार्ज पठायो

नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।

यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघको पूर्वअध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् । यसअघि देखिनै सापकोटाले बस्नेतसँग चुनाव लडेर जित्ने चुनौती दिँदै आएका थिए ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा यी दुवैबीच भिडन्त हुने भएको हो ।

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु