गृहपृष्ठ मनाइयो गौरा पर्व (फोटोफिचर)
मनाइयो गौरा पर्व (फोटोफिचर)
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुँडिखेलमा शनिबार धुमधामका साथ मनाइएको छ । सुदूरपश्चिमबाट आएर काठमाडौं बसेकाहरूको कार्यक्रममा उपस्थिति थियाे । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, आपूर्तिमन्त्री दिलेन्द्र बडू, एमाले नेता भीम रावललगायतको सहभागिता थियो ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङगिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।








प्रकाशित समय : १९:१८ बजे



















