गृहपृष्ठ सामसङकाे दसैं उपहार : डेली टीभी, ड्याम्मै कार

सामसङकाे दसैं उपहार : डेली टीभी, ड्याम्मै कार

सामसङकाे दसैं उपहार : डेली टीभी, ड्याम्मै कार

सामसङले ‘यो वर्षको दशैं उपहार, डेलीटिभी, ड्याम्मै कार’ योजना सार्वजनिक गरेको छ । उक्त योजना भदौ १४ देखि असोज १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जोकोही यस योजनामा सहभागी बन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ म एसएमएस गर्नु पर्नेछ ।

कम्पनीका अनुसार यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टीभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्नेछन् । यस अफरको बारेमा जानकारी दिँदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ उपभाेक्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिस गरेका छौँ ।’

यस योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ-कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेटमध्ये कुनै एक खरीद गरेकै हुनु पर्नेछ । यसरी सामान खरीद गरेपछि खरीदकर्ताले खरीद गरेको सामानको सिरियल नम्बरसहित सामसङ टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्ने कम्पनीले बताएको छ ।

एसएमएस पठाउने सबै सहभागीहरू मध्येबाट विजेताको चयन गरिने र गोलाप्रथा साप्ताहिक रूपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिक रूपमा गोलाप्रथा सञ्चालन गरिने र गोलाप्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार विजयी सिरियल नम्बरहरू सोही दिन फेसबुक पेजमा पोस्ट गरिनेछ ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु