गृहपृष्ठ ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसक्यो’

‘महाभियोग प्रस्ताव निष्क्रिय भइसक्यो’

‘महाभियोग प्रस्ताव निष्क्रिय भइसक्यो’

निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाभियोग निष्क्रिय भइसकेको र आफू नागरिकको रूपमा संसदको सम्मानका लागि मात्रै उपस्थित भएकाे दाबी गरेका छन् ।

महाभियोग सिफारिस समितिमा बुधबार सोधपुछको जवाफ दिने क्रममा उनले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको धारणा राखे । न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको उनकाे आरोप छ । उनले भने, ‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर समग्र न्यायपालिकालाई नै कमजोर बनाउन खोजियो ।’

समितिमा जवाफ दिँदै उनले सांसदहरू आफूभन्दा पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजेको आरोप लगाए । ‘त्यसैका लागि मलाई महाअभियोग लगाइयो,’ उनले भने, ‘दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन यो सबै गरिएको हो । मसँग पनि तीन-चारपटक उनलाई प्रधानन्यायाधीश बनाउन बाटो खोल्न भन्दै आएका थिए । मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हुँ ।’

राणासँग अहिले पनि सोधपुछ जारी छ ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु