गृहपृष्ठ कुमारी बैंकले शुक्रबारदेखि ऋणपत्र निष्कासन गर्ने
कुमारी बैंकले शुक्रबारदेखि ऋणपत्र निष्कासन गर्ने
कुमारी बैंकले शुक्रबारदेखि १० वर्ष अवधिको ‘केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् ।
यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ २१ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
प्रकाशित समय : ११:३१ बजे


















