global ime bank Long Banner Ad

गृहपृष्ठ संसदीय समितिमा बयान दिन पुगे निलम्बित प्रधानन्यायाधीश राणा

संसदीय समितिमा बयान दिन पुगे निलम्बित प्रधानन्यायाधीश राणा

संसदीय समितिमा बयान दिन पुगे निलम्बित प्रधानन्यायाधीश राणा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन बुधबार राणा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका हुन् । समितिको गत बुधबारको बैठकले महाभियोग लागेका राणालाई बयानका लागि बोलाएको हो ।

सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका राणालाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिँदै भित्रसम्म पुर्‍याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । सोही दिनदेखि उनी निलम्बनमा परेका थिए ।

गत फागुन २२ मा गठन भएको महाभियोग सिफारिस समितिले २०७९ भदौ १ गतेदेखि काम थालेको थियो ।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु