global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हिमालयन बैंकले बुधबारबाट ऋणपत्र निष्कासन गर्दै

हिमालयन बैंकले बुधबारबाट ऋणपत्र निष्कासन गर्दै

हिमालयन बैंकले बुधबारबाट ऋणपत्र निष्कासन गर्दै

हिमालयन बैंकले लिमिटेडले आज (बुधबारबाट) ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्कासन गर्ने भएको छ ।

बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।

जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी बाँकी ६० प्रतिशत अर्थात १ अबै ५० करोड रुपैयाँ बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्र खरीदका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु