गृहपृष्ठ श्रृजनशील लघुवित्तको आइपीओ बुधबारबाट खुला
श्रृजनशील लघुवित्तको आइपीओ बुधबारबाट खुला
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आज (बुधबारबाट) आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आइपीओ तथा प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै, कम्पनीले निष्कासन गर्ने कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४ सय ७० कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सकीने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १०:५९ बजे




















