global ime bank Long Banner Ad

गृहपृष्ठ तीजको नाचमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

तीजको नाचमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

तीजको नाचमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बामेखोलाको पटानटोलमा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ ।

तीजको नाच हेर्ने क्रममा मंगलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ’, उनले भने, मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु