global ime bank Long Banner Ad

गृहपृष्ठ बालेनको प्रभाव देशभर : सुर्खेतमा पनि अनधिकृत संरचनामाथि डोजर चलाइदै

बालेनको प्रभाव देशभर : सुर्खेतमा पनि अनधिकृत संरचनामाथि डोजर चलाइदै

बालेनको प्रभाव देशभर : सुर्खेतमा पनि अनधिकृत संरचनामाथि डोजर चलाइदै

वीरेन्द्रनगर नगरपालिका-३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

वडाध्यक्ष विनोदसिं विष्टले मंगलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएका छन् । सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ ।

वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताए ।

उनका अनुसार गत जेठ २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने उल्लेख छ । वीरेन्द्रनगर–३ मा सडक, खोला अतिक्रमणको समस्या बढी छ ।

खोर्केखोलाको क्षेत्र मिचेर घर निर्माण गरिरहेकाले वर्षातमा बाढी र कटानको समस्या देखिएको छ ।

यसअघि अवैध संरचनामाथि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले डोजर चलाउन थालेका थिए । अहिले पनि काठमाडौंका अनधिकृत संरचना भत्काउने शाहको अभियान निरन्तर चलिरहेको छ ।

त्यसकै प्रभावका कारण पोखराका मेयर धनराज आचार्यले समेत अनधिकृत संरचनामाथि डोजर चलाइरहेका छन् । संघीय सरकारका पर्यटनमन्त्री जीवनराम श्रेष्ठले समेत मंगलबार हनुमानढोका क्षेत्रको अनुगमन गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएका थिए ।

अहिले सुर्खेतसहितका धेरै स्थानमा अनधिकृत संरचनामाथि डोजर चलाउन थालिएको छ ।

प्रकाशित समय : ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु