global ime bank Long Banner Ad

गृहपृष्ठ पिपुल्स पावरको आइपीओ बाँडफाँड

पिपुल्स पावरको आइपीओ बाँडफाँड

पिपुल्स पावरको आइपीओ बाँडफाँड

पिपुल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा सेयर बाँडफाँड भएको हो ।

आइपीओमा मागभन्दा बढी आवेदन पारेकोले धितोपत्र तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथबाट सदर भएका १५ लाख ५१ हजार ४ सय १३ आवेदक मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६ सय ८० कित्ता सेयर वितरण गरिएको छ । बाँकी भएको दुई कित्ता सेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।

कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये ५ हजार १ सय १२ जना आवेदकको आवेदन रद्द भएको छ । १५ लाख ५१ हजार ४ सय १३ आवेदकले १ करोड ६९ लाख १० हजार ६ सय २० कित्ताका लागि दिएको आवेदन सदर भएको छ ।

आइपीओको नतिजा बिक्री प्रबन्धकको र निष्कासनकर्ता पिपुल्स पावरको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु