गृहपृष्ठ ‘वेनामे जर्नेल’ कथा संग्रह सार्वजनिक

‘वेनामे जर्नेल’ कथा संग्रह सार्वजनिक

‘वेनामे जर्नेल’ कथा संग्रह सार्वजनिक

कथाकार डा. राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा संग्रह सार्वजनिक भएको छ ।

प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा. लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा संग्रहको लोकार्पण गरेका छन् । पन्ध्रवटा कथा रहेको सो संग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका हुन् ।

कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्ददेखि द्वन्दग्रस्त मुलुक कोर्सिया र सर्वियाका विषयवस्तुलाई कथामा उठान गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै पाण्डे, गौतम र अधिकारीले कथाकार निकै सन्तुलितरूपमा प्रस्तुत गरेको र समाजको वास्तविक कथा दस्तावेजका रुपमा आएको बताए । कथाकार श्रेष्ठले विभिन्न सयममा भेट भएका पात्र अरुको पीडाको बकपत्रको रूपमा आफूले लिपिबद्ध गरेको जानकारी दिए ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गरेका स्रष्टा श्रेष्ठका चारवटा कथा संग्रहसहित आठवटा कृति प्रकाशित भइसकेको छ ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु