गृहपृष्ठ शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा अनामनगरस्थित आफ्नै कर्पोरेट कार्यालयमा जुममार्फत सम्पन्न भएको हो ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड (ग) लाई संशोधन गर्ने र खण्ड (घ) संशोधन गरी हटाउने प्रस्ताव पारित गरेको छ ।

यस्तै, कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कूल सेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं. २५ को उपनियम ५ संशोधन गरी विशेषज्ञ सञ्चालकको मनोनयन र अन्य सञ्चालकहरुको निर्वाचन गर्नेसम्बन्धी व्यवस्था कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु