गृहपृष्ठ गठबन्धनको कार्यदल बैठक आजपनि, प्रदेश क्षेत्रमा आ-आफ्ना दाबी प्रस्तुत गरिने
गठबन्धनको कार्यदल बैठक आजपनि, प्रदेश क्षेत्रमा आ-आफ्ना दाबी प्रस्तुत गरिने
सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । शुक्रबार अपरान्ह साढे ४ बजे बालुवाटारमा बैठक बस्ने कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आजको बैठक विशेष गरी प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रित रहनेछ । ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे विस्तृत रूपमा कार्यदलमा छलफल गर्ने तयारी छ ।
यस्तै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका दलहरूले आ–आफ्ना दाबी पनि प्रस्तुत गर्ने तयारी गरेका छन् । कांग्रेसले गठबन्धन गर्ने ठाउँमा संघ वा प्रदेशका प्रत्येक क्षेत्रहरूमा कम्तिमा एक सिट आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । अरू दलहरूले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन्।
बिहीबार बालुवाटारमै बसेको कार्यदल बैठकमा १६५ निर्वाचन क्षेत्रका बारेमा कहाँ कसको अवस्था कस्तो छ भन्ने विषयमा कुराकानी भएको थियो ।
दलहरूले आफ्ना दाबी पनि राखेका थिए। नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।
प्रकाशित समय : ०७:४८ बजे

















