global ime bank Long Banner Ad

गृहपृष्ठ थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि

थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि

थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

सो अवधिमा ४ हजार १ सय ७७ को नमुना परीक्षण गरिएको थियो । १ हजार ८ सय छ जनाले पीसीआर र २ हजार ३ सय ७१ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ३९ हजार ४ सय ४८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने १ सय ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ रहेको छ । आज १ सय ६४ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा आज ललितपुरमा २४, भक्तपुरमा ११ र काठमाडौँमा १ सय १७ गरी १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

आज होम आइसोलेसनमा ४ हजार १ सय २३ जना, संस्थागत आइसोलेसन १ सय ७५, आइसीयू ५० र भेन्टिलेटरमा दुई जना संक्रमित रहेका छन् ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु