global ime bank Long Banner Ad

गृहपृष्ठ थाइल्यान्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बित

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बित

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बित

 

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ ।

विपक्षी दलहरूले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी दलहरूले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ ।

विपक्षीले दिएको मुद्दा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । उनी थाइल्यान्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री छन् । उनले संविधान संशोधन गरेर सरकार र संसद्मा सैन्य सहभागीता बढाएका थिए । सैन्य सहभागीता बढेपछि कानुन पनि त्यही अनुसार बनाउँदै उनले निरंकुशता लादेको विपक्षीहरूको आरोप छ ।

विपक्षीहरूले उनको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारूढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्योभन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रूपमा रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु